default_image

10 months ago

April 12, 2024

लिभरपुलको लज्जास्पद हार

2290 views

0 Bookmark

एजेन्सी – लिभरपुलले युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा लज्जास्पद हार बेहोरेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुल बिहीबार इटालियन क्लब एटलान्टासँग ३-० ले पराजित भएको हो ।

अघिल्लो चरण प्रवेशका लागि लिभरपुलले संघर्ष गर्नुपर्ने भएको छ। एटलान्टालाई जित दिलाउन जियानलुका स्कामाक्काले ३८औं र ६०औं मिनेटमा गोल गरे । अर्को गोल मारियो मासालिकले ८३औं मिनेटमा गोल गरे।

लिभरपुलका लागि डार्विन नुनेजले दुई राम्रो अवसर गुमाए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोहमद सालाहलले पनि मौकाको सदुपयोग गर्न सकेनन् ।
एटलान्टाले सेमिफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । दोस्रो लेग अर्को साता एटलान्टाको मैदानमा हुनेछ ।


अर्को क्वाटरफाइनलको पहिलो लेगमा बेनफिका, रोमा र बायर लेभरकुसन विजयी भएका छन् ।

बेनफिकाले मार्सेलीलाई २-१ ले हराएको छ। इटालियन क्लबको भिडन्तमा रोमाले एसी मिलानलाई १-० ले पराजित गरेको छ ।

जर्मन टोली बायर लेभरकुसनले प्रिमियर क्लब वेष्टहम युनाइटेडमाथि २-० को जित निकालेको छ ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.