11 months ago
April 11, 2024
सुनिल गाउँले,सिमरा
सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल बिहीबार तीव्र हावाका कारण स्थगित भएको छ ।
सिमरा रंगशालामा एपिएफ फुटबल क्लब र फ्रेण्डस क्लबबीचको खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन् । खेल रोकिँदा गोलरहित बराबरी थियो।
५८ औं मिनटपछि रेफ्रि उमेश विंडारीले खेल रोक्ने संकेत गरेका थिए । सिमरा रंगशालाको फ्लड लाइटमा खेल चलिरहँदा एक्कासी तिव्र गतिमा हावाहुरी आएको थियो । रंगशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एकजना दर्शक घाइते समेत भएका छन् ।
५८ औं मिनटपछिको स्थगित खेल शुक्रबार विहान ८ः३० बजेपछि शुरु हुनेछ । स्थगित हुनुअघिको खेल निकै प्रतिस्पर्धाात्मक बनेको थियो । मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको एपिएफ र सिधै क्वाटर फाइनल खेल्न सिमरा रङ्गशालामा उत्रिएको फ्रेण्ड्स क्लब दुबैले थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
खेलको ११ औं मिनटमा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । शरण बस्नेतले पेनाल्टी बक्स भित्र दिएको उत्कृष्ट पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले सहज रुपमा बचाउ गरे ।
खेलको १३ औं मिनटमा फ्रेण्ड्सका साइमन लिम्बुले वन भर्सेस वनको स्थिती सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्स बाहिर पाएको बललाई अघि बढाएपनि साइमनले पोष्टको दिशा दिन नसक्दा एपिएफका डिफेण्डरले सुमन श्रेष्ठले क्लिएर गर्ने मौका पाए ।
त्यस लगतै खेलको १५ औं मिनटमा फ्रेण्ड्सले अर्को सुन्दर मौका गुमायो । कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गयो ।
खेलको १८ औं मिनटमा एपिएफका अनिश महर्जनले पेनाल्टी बक्स भित्रै पाएको अवसर खेर फाले । प्रदिप लामाको क्रसमा अनिशको प्रहार फ्रेण्ड्सका गोलरक्षकले पञ्च गरेर जोगाए ।
खेलको २६ औं मिनटमा एपिएफको अर्को सशक्त प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेकले बचाउ गरे । बिके तामाङको कट ब्याकमा पेनाल्टी एरियाबाट प्रदिप लामाको सशक्त प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेकले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको ४२ औं मिनटमा फ्रेण्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउण्ड भयो । साइमन लिम्बुको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङ पासलाई एन्जलले शसक्त प्रहार गरेका थिए । रिबाउण्ड बलमा दिपेश घलेको अर्को प्रहार क्रसबारबाट माथि गयो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]