10 months ago
April 11, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ । पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा बुधबार भएको खेलमा बार्सिलोनाले ३-२ को जित हासिल गरेको हो ।
खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको क्रस पिएसजी गोलरक्षक जियानलुइजी डोन्नारुमाले नभेटाएपछि बनेको अवसरमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए ।
तर दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोली खेलमा फर्कियो । ४८औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । किलियन एम्बाप्पेको क्रस क्लियर भएपछि उनले बक्स भित्रबाट शक्तिशाली प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीको ३ मिनेट पछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर बार्सिलोना खेलमा फर्कन सफल भयो । ६२औं मिनेटमा पेड्रीको सुन्दर पासमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
७७औं मिनेटमा मैदान भित्रिएको केही मिनेटमा नै आन्द्रेयास क्रिस्टियनसनले इल्काए गुण्डोगानको कर्नरमा हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।
क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]