11 months ago
April 10, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा दुई दावेदार रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३-३ को बराबरीमा सकिएको हो ।
खेल उत्कृष्ट गोलहरुले भरिपूर्ण रहेको थियो । पहिलो मिनेट देखि अन्तिम मिनेटसम्म खेल प्रतिस्पर्धात्मक रह्यो ।
खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाए । उनले रियलका गोलकिपर लुनिनलाई चकित पार्दै लिएको। फ्रिकिक गोलमा परिणत भएको थियो ।
१२औं मिनेटमा रियलले खेलमा बराबरी गोल गर्यो । एडुवार्डो कामाभिंगाले बक्स बाहिरबाट गरेको प्रहार सिटी डिफेन्डर रुबेन डियासबाट डिफ्लेक्ट भएर सिटी गोलरक्षक ओर्टेगालाई कुनै मौका दिएको थिएन ।
१४औं मिनेटमा रियलले अग्रता लियो । भिनीसियस जूनियरको थ्रु-पासमा रोड्रीगोले वान अन वान अवसरमा गोल गर्दै रियललाई अग्रता दिलाए ।
खेलको चौथो गोलको लागि दोस्रो हाफ कुर्नु परेको थियो । ६६औं मिनेटमा फिल फोडेनले पुनः बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काए ।
त्यसको पाँच मिनेट पछि सिटीले पुनः उत्कृष्ट गोल मार्फत खेलमा अग्रता लियो । यसपटक गोल गर्ने खेलाडी डिफेन्डर जोस्को गवार्डीओल थिए । उनले आफ्नो कमजोर दायाँ खुट्टाले गरेको प्रहारले जालि चुमेको थियो ।
तर सिटीको अग्रता फेरी पनि धेरै बेर टिक्न सकेन । ७९औं मिनेटमा भिनिसियस कै क्रसमा बक्स भित्रबाट सानदार भली फिनिश गर्दै फेडेरिको भालभर्डेले गोल गरेर खेल ३-३ को स्थितिमा ल्याए ।
यस क्वाटरफाइनल टाईको दोस्रो लेग आठ दिन पछि सिटीको घरेलु मैदानमा हुनेछ । अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले पनि २-२ को बराबरी खेलेका छन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]