default_image

10 months ago

April 9, 2024

अल नासरको हार , रोनाल्डोलाई‌ रातो कार्ड

2612 views

0 Bookmark

एजेन्सी – अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । अल हिलालले सोमबार राति भएको सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको स्थान हो ।

अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले समान १ गोल गरेका थिए । अल नासरका लागि साडियो मानेले गरेका थिए । अलदावसारीले ६१ औं मिनेटमा पहिलो गोल गरेका थिए। माल्कमले ७२ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेका‌ थिए।

खेलको ८६औँ मिनेटमा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो । इन्ज्युरी समयको नवौं मिनेटमा मानेले अल नासरको गोल गरेपनि टोलीको‌ हार टरेन।

अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । इत्तिहादले अल वेदालाई २-१ ले हराउँदै अन्तिम दुईको‌ यात्रा तय गरेको हो।फाइनल अप्रिल ११ मा हुने छ ।

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

Success

Thank you for your time.