default_image

10 months ago

April 7, 2024

मेस्सीले गोल गरेको खेलमा मियामी रोकियो

1018 views

0 Bookmark

एजेन्सी – इन्टर मियामी मेजर सकर लिग (एमएसएल) मा बराबरीमा रोकिएको छ। लियोनल मेस्सीले गोल गरेको आइतबारको खेलमा मियामीले अग्रता जोगाउन नसक्दा कोलोराडोसँग २-२ को‌बराबरीमा रोकिएको हो।

मियामीका लागि‌ मस्सी र अर्को गोल लियोनार्दो अलफन्सोले गरेका थिए। राफेल नाभारो र कोल बसेटले कोलोराडोका‌ लागि गोल गरेका थिए।

नाभारोको पेनाल्टी गोलमा कोलोराडोले ४५ औं मिनेटमा अग्रता लिएको थियो। अघिल्लो खेल गुमाएका मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। मेस्सीले ५७ औं मिनेटमा गोल गर्दै मियामीलाई खेलमा फर्काएका थिए।

६०औं मिनेटमा अलफन्सोले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा मियामीले अंक बाड्नु परेको थियो। कोलोराडोका बसेटले ८८ औं मिनेटमा बराबरी गोल गर्दै टोलीलाई अंक दिलाएका थिए।

बराबरीपछि‌ मियामीको‌ ८ खेलमा १२ अंकसहित टोली तेस्रो स्थानमा छ। एक‌ खेल कम खेलेको शीर्षस्थानको न्युयोर्क रेड बुल्सको १४ अंक छ। कोलोराडो ९ अंकका साथ १७औं स्थानमा छ।

February 12, 2025

पुलिस कीर्तिमानी ११ पटक आहा राराको‌ फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

Success

Thank you for your time.