11 months ago
April 6, 2024
सुनिल गाउँले, सिमरा
वीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब शनिबार सुरु भएको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आर्मीले पुनरागमन जित निकाल्ने क्रममा वीरगन्जलाई ३–२ ले वीरगन्जलाई हराएको थियो । इन्ज्युरी समयमा फत्तेमान घलेले गरेको गोल खेलको निर्णाय बनेको थियो । घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज सुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो ।
वीरगञ्जका फागुराम चौधरीले पेनाल्टी मार्फत गोल गर्दै ४१ औं मिनटमा टोलीलाई अग्रता दिलाएका थिए । आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका फागुरामलाई पेनाल्टी बक्समा फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले वीरगन्जलाई पेनाल्टी दिएका थिए ।
तर, पहिलो हाफमै बराबरी गोल गर्दै आर्मी खेलमा फर्केको थियो । कमल थापाले बराबरी गोल गर्दै आर्मीका समर्थकलाई खुसी पारे । ४४ औं मिनटमा सुरजको कर्नरमा कमलले पेनाल्टी बक्सबाट कमलले गोल गरेका थिए ।
खेलको ६१ औं मिनटमा दिनेश हेम्जनले फ्रि किकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । झण्डै २२ यार्ड टाढाबाट दिनेशले प्रहार गरेको फ्रिकिकलाई वीरगन्जका गोलकिपर प्रमिजय गच्छदारले बचाउने मौका पाएनन् ।
८२ औं मिनेटमा वीरगन्ज खेलमा फर्केको थियो । फागुरामले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । काउन्टर अट्याकमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले गोल गरेका थिए । इन्ज्युरी समयमा फत्तेमानले गरेको गोल निर्णायक बनेको थियो । दिनेशको क्रसमा वीरगञ्जका डिफेण्डरहरुको गल्तीको फाइदा उठाउँदै फत्तेमानले गोल गरेका थिए ।
आर्मीका दिनेश हेम्जन प्लेयर अफ दी म्याच घोषित भए र उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे । नव जनजागृती क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा आइतबार साविक विजेता चर्च ब्वाईज युनाईटेड र सिराहाको सलहेस युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसअघि सिमरा रङ्गशालामा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा एन्फा महासचिब किरण राई, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
आयोजक क्लबले उद्घाटन समारोहका अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रबाट फुटबलको विकासमा योगदान पु¥याएका खेलाडी तथा अन्य गरि १७ व्यक्तिलाई सम्मान गरेको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]