10 months ago
April 6, 2024
एजेन्सी – साउदी प्रो लिगका शीर्ष दुई टोली अल हिलाल र अल नासर विजयी भएका छन्।
शीर्ष स्थानको अल हिलालले अल खालिजलाई ४-१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो सम्मानित दोस्रो स्थानको अल नासरले शुक्रबार अर्को खेलमा दमाक एफसीलाई हराएको थियो। एमकिर लापोर्टले इन्जुरी सयमको पहिलो मिनेटमा गरेको गोलमा अल नासर विजयी भऐको थियो ।
अल हिलालको जितमा माल्कमले २,सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले समान १ गोल गरेका थिए । त् अल खालिजकामोहमद शेरिफले गोल गरेका थिए ।
२७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहेको अल हिलालको ७७ अंक भएको छ । समान खेलमा दोस्रो स्थानको अल नासरको ६५ अंक छ । २७ खेलमा दमाक ३५ अंकका साथ आठौं र ३४ अंकसहित अल खालिज नवौं स्थानमा छ।
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]