12 months ago
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको खेल र त्यसअघि भएको मलेसिया भ्रमणमा अतिरिक्त पदाधिकारी विना स्वीकृति पठाएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई लिखित जवाफ फर्काएको छ ।
राखेपले स्वीकृति नलिई एन्फाले यसै महिना मलेसियामा १० अतिरिक्त पदाधिकारी तथा बहराइनमा भएको विश्वकप छनोटको खेलका लागि थप ८ पदाधिकारीलाई पठाएको थियो । राखेपले प्रचलित कानुन बमोजिम परिषदबाट स्वीकृति नलिई गएको विषयमा एन्फालाई सचेत पत्र पठाएको थियो । एन्फाले चैत्र २० गते उक्त पत्रको लिखित जवाफ दिँदै उक्त पत्रलाई गम्भीरता पूर्वक ग्रहण गरी महसुस गरेको बताएको छ ।
एन्फाले यससँगै राखेपको पत्र प्राप्त गर्दा टोली अभ्यास खेलका लागि मलेसिया पुगेको र त्यहाँबाट नै बहराइन प्रस्थान गरेको हुँदा स्वीकृति लिन असम्भव भएको बताएको छ । बहराइनमा भएको खेलका लागि थप ८ अफिसियल गएको सम्बन्धमा भने एन्फाले ती पदाधिकारीको खर्च नेपाल सरकार वा संघलाई नपरेर मित्र राष्ट्रहरुबाट नै बेहोरेको जनाएको छ ।
यसबाहेक राखेपले स्वीकृति नदिएपनि एन्फाले युवा तथा खेलकुद मन्त्रालयमा समेत पत्र लेखेको र युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा भएको छलफल पश्चात १ जना हटाएर बहराइन पठाउन परिषदमा समन्वय गरेको जानकारी दिएको छ । यसबाहेक एन्फाले ती पदाधिकारी बहराइनमा नेपालको घरेलु खेल रहेकाले आफू आयोजकको रुपमा जिम्मेवारी बहन गर्न गएको समेत लेखेको छ ।
एन्फा महसचिव किरण राईले लेखेको उक्त पत्रमा नेपालको घरेलु खेल प्राविधिक कारणले बहराइनमा खेल्नुपर्ने भएको समेत जनाएको छ । जबकी एन्फाले नै मैदान अन्य प्रायोजनको लागि प्रयोग गर्न स्वीकृति दिँदा खेल मैदानको अवस्था जिर्ण भएका कारण फिफाले खेल्न योग्य नरहेको बताएको थियो ।
यसबाहेक एन्फाले मलेसिया भ्रमण र बहराइनमा भएको खेलका लागि बेग्ला बेग्लै अफिसियल टोली पठाएकोमा पनि एन्फाको आलोचना भएको थियो । एन्फाले उक्त खर्च अन्य राष्ट्रले गरेको बताएसँगै उक्त घटनाले अब नयाँ मोड लिने देखिन्छ । नेपालमा हुने खेल नेपाल बाहिर हुनु र नेपालबाट टोलीमा भूमिका नरहेका अतिरिक्त पदाधिकारीको खर्च अन्य राष्ट्रले उठाएको विषय असामान्य मान्न सकिन्छ ।
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । सोमवार बिहान सम्पन्न खेलमा इन्टरले एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । […]
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले आइतवार एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । २-० ले पछि परेको खेलको अन्तिम २६ मिनेट बार्सिलोनाले ४ गोल गरेको थियो। यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिकोले बार्सिलोना र दोस्रो स्रिथानको यल म्याड्रिडसँग […]