10 months ago
April 5, 2024
एजेन्सी – लिभरपुल पुन: इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लिग अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई बिहीबार ३-१ ले हराउँदै लिभरपुल लिगको शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदान एनफिल्डमा खेल सुरु भएको १७ औं मिनेटमा लिभरपुलले अग्रता लिएको थियो। सेफिल्डका गोलकिपर इभो ग्रबिकले प्रहार गरेको गोलकिकलाई डार्विन नुनेजले ब्लक गर्दा बल गोलमा परिणत भएको थियो।
५८ औं मिनेटमा लिभरपुलका कोनर ब्राडलीले आफ्नै आत्माघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भएको थियो ।
लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले ७६औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गोल गरेपछि टोलीले दोस्रो पटक अग्रता बनाएको थियो। अन्तिम मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलको जित सहज बनेको थियो।
घरेलु मैदानमा पछिल्ला २७ खेलमा अपराजित रहेको लिभरपुलको ३० खेलमा ७० अंक पुगेको छ। यो दोस्रो स्थानको आर्सनलको भन्दा २ अंक बढि हो। सेफिल्ड १५ अंकसहित तालिकाको पुछारमा छ ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]