11 months ago
April 4, 2024
विराटनगर( हाम्रो खेलकुद) – आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफए बीच प्रतिस्पर्धा हुने भएको छ।
विराटनगर सहिद मैदानमा बिहीबार राती भएको अन्तिम सेमिफाइनलमा सिक्किम ड्रागन भारतलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले सांग्रिलासँगको उपाधि भिडन्त पक्का गरेको हो ।
मच्छिन्द्रका आयुष घलानले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णाय गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको पासमा आयुषले गोल गर्दै टोलीको अन्तिम दुईको यात्रा निश्चित गरे। हिसुब थपलियाको ठाउँमा मनिष दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । आयुष प्लेयर अफ द म्याच पनि घोषित भए र उनले ११ हजार रुपैयाँ पाए ।
सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएको कारणले हार भएको बताए । ‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष रह्यो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरु सम्हालिन सकेनन्।’
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए । ‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन । त्यसैले खेल लम्बिएर जितको लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो । ’ फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास गरिने बताए ।
विराट गोल्डकपको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख ५० हजार रुपैयाँ पाउनेछ । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई समान २१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]