10 months ago
April 4, 2024
एजेन्सी – फिल फोडेनले ह्याट्रिक गरेको इंग्लिस प्रिमियर लिगको बुधबारको खेलमा एस्टन भिल्लालाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले आर्सनल र लिभरपुलमाथि दबाब कायम राखेको छ ।
आर्सनलसँग आइतबार बराबरी खेलेपछिको पहिलो खेलमा इर्लिङ हालान्ड र केभिन डि ब्रुएनेलाई भिल्लाविरुद्ध बेन्चमा राखेर पेप ग्वार्डिओलाले टोली उतारेका थिए ।
रोड्रीको गोलमा खेलको ११ औं मिनेटमा नै सिटीले अग्रता बनाएपनि जोन डुरानले २० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफमा इन्ज्युरी समयको पहिलो मिनेटमा फोडेनले गोल गदैै सिटीले अग्रता दिलाएका थिए । त्यसपछि ६२ औं र ६९ औं मिनेटमा गोल थप्दै फोडेनले ह्याट्रिक पूरा गरेका थिए ।
अर्को खेलमा आर्सनलले लुटन टाउनमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा कायम रहेको छ । ब्रेनफोड र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन् ।
३० खेलमा आर्सनल ६८ अंक छ । दोस्रो स्थानको लिभरपुल र सिटीको समान ६७ अंक छ । एक खेल कम खेलेको लिभरपुलले बिहीबार सेफिल्ड युनाइटेडको सामना गर्नेछ । चौथो स्थानको भिल्लाको ५९ अंक छ ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]