7 months ago
April 3, 2024
एजेन्सी – युभेन्ट्स कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । मंगलबार भएको खेलमा लाजियोलाई २–० ले हराउँदै युभेन्ट्सले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
युभेन्टस्लाई घरेलु मैदानमा जित दिलाउन फेड्रिको चिएसा र डुवान भ्लाहोभिकले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
चिएसा ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा पहिलो गोल गरेका थिए । ६४ औं मिनेटमा भ्लाहोभिकको गोलमा वेस्टन म्याकेनीले पास दिएका थिए । दोस्रो लेग अप्रिल २४ मा हुनेछ ।
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]