default_image

12 months ago

April 2, 2024

कोलकातालाई हराउँदै मच्छिन्द्र विराट गोल्डकपको सेमिफाइलनमा

1184 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा‌ पुगेको छ।

विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम  क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।

मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ बने । टोलीका‌ लागि दुवै गोल स्टेफनले गरे । प्लेयर अफ द म्याच बनेका स्टेफनले नगद ११ हजार रुपैयाँ पाए । कोलकाताका लागि सोनु हल्दारले गोल गरेका थिए फर्काए ।

स्टेफन विनोङले खेलको‌ १० औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । मनिष डाँगीको पासमा स्टेफनले कोलकताका गोलकिपर सुरजक मल्किलाई विट गर्दै गोल गरेका हुन् ।

कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा १-१ को बराबरी भएको थियो। सत्रिय बक्सीको पासलाई सोनुले गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा विनोङले गरेको अर्को गोल खेलको निर्णायक बनेको थियो। सनिश श्रेष्ठको पासमा स्टेफनले गोल गरेका हुन् ।

योसँगै विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्रले बिहीबार सेमिफाइनलमा सिक्किम ड्रागन भारतको सामना गर्नेछ। अर्को सेमिफाइन यसअघि घरेलु टोली सांग्रिला मोरङ एफए र एपिएफ फुटबल क्लबबीच हुनेछ।

कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले थुप्रै अवसर पाएपनि फिनिसिङ कमजोर हुँदा पराजित हुनुपरेको बताए ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले योजना अनुसार खेलाडीले आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । उनले सेमिफाइनलमा विमल घर्तीमगर खेल्ने सम्भावना रहेको बताए । उनले भने ‘विमल हुँदा फरवार्ड लाइन थप मजबुत हुनेछ।’

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.