12 months ago
April 1, 2024
विराटनगर (हाम्रो खेलकुद )- एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एपिएफ सेमिफाइनल पुगेको हो ।
एपिएफका लागि प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपिएफले दोस्रो हाफमा आक्रमक खेल पस्कियो ।
५७ औं मिनेटमा एपिएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर पेनाल्टी बक्स भित्रबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए।
८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपिएफका अनिषले गोल गरि जित निश्चत गरे ।
खेल सुरु भएको १५ औं मिनेटमा एपिएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । प्रदिपले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो ।
२७ औं मिनेटमा एपिएफका जोनाह ग्लोरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्ट बारबाट बाहिरियो । त्यसलगतै ३४ औं मिनेटमा एपिएफका प्रदीपले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई चर्चब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए ।
४४ औं मिनटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो । आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै बाहिरिएको छ।
चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले भने, ‘खेलमा अतिरिक्त खेलाडीपनि मैले मैदानको लागि राख्ने खालको भएन। धेरै खेलाडीहरु घाइते भएको सोचे जस्तो भएन।’
एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए । उनले भने, ‘एपिएफको टिम सन्तुलित छ ।’
एपिएफका प्रदिप लामा प्लेयर अफ दि म्याच घोषित भए र ११ हजार रुपैयाँ पाए । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्नेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]