default_image

11 months ago

March 31, 2024

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

1591 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिगमा शनिबार अल नासरले अल ताइलाई ५-१ ले हराउँदा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्।

१० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको अल ताइविरुद्ध रोनाल्डोले दोस्रो हाफमा १४ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए।

खेलको २० औं मिनेटमा ओटाभिडोले गोलबाट अल नासरले अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै अल ताइका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए । 

३६ औं मिनेटमा मिसिडजानले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छाडेपछि अल ताइ १० खेलाडीमा सिमित भएको थियो। अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि अल नासरले खेलमा फेरि अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा रोनाल्डोले पहिलो गोल र टोलीका‌ लागि तेस्रो गोल गरे। ६७ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ८७ औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे ।
रोनाल्डोको‌ जारी सिजनमा यो दोस्रो र समग्रमा ६४ औं ह्याट्रिक हो ।

२५ खेलमा अल नासर (५९ अंक ) शीर्षस्थानको अल हिलालभन्दा १२ अंकले पछाडि छ । अल ताइ २२ अंकका साथ १६ औं‌ स्थानमा छ।

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

February 12, 2025

आयोजक नेपाल एपिएफ ‘ए’ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]

Success

Thank you for your time.