default_image

5 months ago

March 30, 2024

न्यूक्यासलको सानदार पुनरागमन जित

407 views

0 Bookmark

एजेन्सी – न्युक्यासल युनाइटेडले इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सानदार पुनरागमन जित दर्ता गरेको छ । ३-१ ले पछि परेको अवस्था उल्ट्याउँदै न्युक्यासलले वेस्ट ह्याम माथि ४-३ को जित निकाल्न सफल भएको हो ।

खेलको सुरुवाती अग्रता लिएपनि न्युक्यासलले त्यसपछि ३ गोल खान पुगेको थियो । तर अन्त्यमा सानदार पुनरागमन रच्दै न्युक्यासल विजयी हुन पुग्यो ।

खेलको छैठौं मिनेटमा नै पेनाल्टीमार्फत न्युक्यासलले खेलमा अग्रता लिएको थियो । भ्लाडिमिर सुफालले एन्थोनी गोर्डन माथि फाउल गरेपछि पाएको पेनाल्टीमा अलेक्जेन्डर इसाकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर २१औं मिनेटमा लुकास पाकेटाको उत्कृष्ट पासमा गोल गर्दै मिखाएल एन्टनियोले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको १०औं मिनेटमा मोहम्मद कुडुसले ज्यारड बावेनको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको तेस्रो मिनेटमा नै बावेनले गोल गर्दै अग्रता दुई गोलको बनाए । तर खेलको अन्त्यतिर अग्रता जोगाउन नसक्दा वेस्ट ह्याम पराजित हुन पुग्यो ।

७७औं मिने न्युक्यासलले अर्को पेनाल्टी पायो । काल्भिन फिलिप्सले गोर्डनमाथि नै फाउल गरेपछि पाएको पेनाल्टीमा पुनः इसाकले गोल गरे ।

त्यसपछि भने दुई गोल हार्भी बार्न्सको नाममा रह्यो । ८३औं मिनेटमा उनले इसाकको थ्रु-पासमा गोल गर्दै उनले खेलमा बराबरी गरेका थिए । त्यसको तीन मिनेट पछि गोर्डनको पासको सदुपयोग गर्दै उनले गोल गरेर आफ्नो टोलीलाई जित दिलाए ।

इन्ज्युरी समयमा गोर्डन दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि न्युक्यासल दश खेलाडीमा सिमित भएको थियो । तर न्युक्यासलले अग्रता कायम राख्दै जित निकाल्यो ।

जित पछि न्युक्यासल २९ खेलमा ४३ अंक सहित आठौ स्थानमा छ । वेस्ट ह्याम भने ३० खेलमा ४४ अंक सहित एक स्थान माथि छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.