11 months ago
March 27, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ ।
घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन ।
वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । उनले एमाडोउ ओनानाको पासमा गोल गर्न सफल भएका थिए ।
१७औं मिनेटमा इभान टोनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २७औं मिनेटमा जरोड बोवेनले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।
यता, ३६औं मिनेटमा टिलेमान्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रत दिलाए । उनले रोमेलु लुकाकुको पासलाई सदुपयोग गरे ।
हारतर्फ लम्किरहेको इंग्ल्यान्डलाई २० वर्षीय बेलिङहमले उद्धार गरे । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई हारबाट जोगाए । उनले जेम्स म्याडिसनको पासमा गोल गर्न सफल भएका थिए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]