default_image

11 months ago

March 27, 2024

फ्रान्सको पूनरागमन जित

431 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले चिलीमाथि पूनरागमन जित निकालेको छ । १–० ले पछि परेको स्थितिमा फ्रान्सले घरेलु मैदानमा चिलीमाथि ३–२ को पूनरागमन जित दर्ता गर्न सफल भएको हो ।

फ्रान्सको पूनरागमन जितमा युसोफ फोफाना, रान्दल कोलो मुएनी र ओलिभर जिरुडले गोल गरे । चिलीका मार्सेलिनो नुनेज र डारियो ओसोरियोले गोल फर्काए ।

मार्से फ्रान्समा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा मार्सेलिनो नुनेजको गोलबाट घरेलु टोली फ्रान्स खेलमा पछि परेको थियो । तर, चिलीको त्यो अग्रता लामो समय टिकेन ।

१९औं मिनेटमा युसोफ फोफानाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे । २५औं मिनेटमा रान्दल कोलो मुएनीले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

७२औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ अघि बढाए । उनले रान्दल कोलो मुएनीको पासमा गोल गर्न सफल भए । फ्रान्सका सर्वाधिक गोलकर्ता रहेका जिरुडले १३० क्याप जित्दा ५६ अन्तर्राष्ट्रिय गोल पुर्याएका छन् ।

८२औं मिनेटमा डारियो ओसोरियोले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्स जित दर्ता गर्न सफल भयो ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.