default_image

6 months ago

March 27, 2024

बहराइन विरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित

5212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । राफा सहित बहराइन राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो ।

पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपालको अग्रपंक्तिले आक्रमण बुन्न सकेको छैन । नेपाल माथि घरेलु टोलीनै हावि भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो ।

सातौं मिनेटमा बहराइनले खेलमा सुरुवाती गोल गर्न सफल भयो । नेपालले कर्नर किक क्लियर गर्न नसकेपछि डिफेन्डर सायद बाकेरको प्रहार डिफ्लेक्ट भएर पोस्टतर्फ गएको थियो ।

१७औं मिनेटमा बहराइनले पेनाल्टीमा अग्रता दोब्बर बनाउने अवसर पायो । काउन्टर अट्याकमा गोलकिपर किरण चेम्जोङले मोहम्मद मरहुनमाथि फाउल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अब्दुल्लाह युसुफले गोल गर्दै स्कोरलाइन २-० सम्म पुर्याए ।

३६औं मिनेटमा बहराइनले तेस्रो गोल गर्यो । कोमाइल इलसवादले गोल गर्दै अग्रता तीन गोलको बनाएका हुन् ।

नेपाल ४ खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो । युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन् ।

नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल जुनमा खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.