default_image

7 months ago

March 26, 2024

बहराइनविरुद्ध नेपालको आश्चर्यलाग्दो टोली छनोट

8279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा बहराइन विरुद्ध आज हुने खेलमा नेपालले आश्चर्यलाग्दो टोली छनोट गरेको छ ।

नेपालले ५-० ले हार बेहोरेको पहिलो खेलबाट सुरुवात ११ मा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलबाट प्रशिक्षक भिन्सेन्जो अलबर्टो अनेसेले घाइते अन्जन विष्टसँगै सुमित श्रेष्ठ, हिसुब थपलिया र मनिष डाँगीलाई परिवर्तन गरेका हुन् । उनीहरूको स्थानमा समिर तामाङ, भरत खवास, जिलेस्पी जंग कार्की र सञ्जीव विष्ट टोलीमा आएका छन् ।

सन्जित र सञ्जीवले गत खेलमा नेपालका लागि डेब्यु गरेका थिए । सोही खेलमा अभिषेक लिम्बू र समीर तामाङले पनि डेब्यु गरेका थिए । अभिषेक सुरुवाती रोजाइमा रहेर नै खेलमा थिए भने डेब्यु गरेका अन्य खेलाडी पछि मैदान पसेका थिए । आजको खेलमा आक्रामक टोली उतार्दै अनेसेली आश्चर्यजनक छनोट गरेका हुन् ।

नेपाल ३ खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो । युएई ९ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ६ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन् ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ, सनिश श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, अभिषेक लिम्बु, उत्सव राई, लाकेन लिम्बू, सञ्जीव विष्ट, जिलेस्पी जंग कार्की, भरत खवास, समिर तामाङ

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.