11 months ago
March 23, 2024
सुशिल पन्त क्षेत्री, चितवन
सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिगाले जितेको छ । शनिबार आबुखैरेनीलाई हराउँदै २-० ले हराउँदै २८ बिगा च्याम्पियन बनेको हो ।
सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो ।
७७ औं मिनेटमा आबुखैरेनी ९ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगात प्रताप गुरुङले सिधै रातो कार्ड पाए । २८ बिगा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए ।
आबुखैरेनी ९ खेलाडीमा सीमित भएको फाइदा उठाउदै २८ बिगाले गोल थप्यो । खेलको इन्ज्युरी समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिगा च्याम्पियन बन्यो । एक गोल र एसिस्ट गरेका सृजन म्यान अफ दि म्याच भए ।
विजेता २८ बिगाले ३ लाख ३ हजार र आबुखैरेनीले१ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । आबुखैरेनीका आकाश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए ।
२८ बिगाका रन्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका विरेन्द्र सारु मगर उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]