11 months ago
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका लागि थप चार खेलाडीले डेब्यु गरेका छन् । गएराती बहराइनमा सम्पन्न फिफा छनोट अन्तर्गतको खेलमा प्रशिक्षक भिन्सेन्जाे अल्बर्टो अनेसेले चार खेलाडीलाई डेब्यु दिएका हुन् ।
डेब्यु गर्नेमा डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सञ्जित) तथा फरवार्ड समीर तामाङ र सन्जिब विष्ट रहेका छन् ।
अभिषेकले सुरुवाती रोजाइमा नै रहेर डेब्यु गरे । नियमित डिफेन्डर रोहित चन्द अनुपलब्ध रहेका बेला अभिषेकले सुरुवाती रोजाइमा नै रहेर डेब्यु गर्ने अवसर पाएका थिए ।
यस्तै सौभाग्य राई दोस्रो हाफको सुरुवातमा मैदान प्रवेश गरे । उनले दोस्रो हाफ सुरु हुनु अघि सुमित श्रेष्ठको स्थान लिँदै डेब्यु गरेका थिए ।
समीर तामाङले ७९औं मिनेटमा हिसुब थपलियाको स्थान लिएर डेब्यु गरे । यु-१९ टोलीबाट खेलिसकेका उनले चिनियाँ प्रान्तको टोली विरुद्ध नेपाली युवा टोलीबाट पनि खेलेका थिए । समीर कै स्थान लिँदै ८८औं मिनेटमा सन्जिबले पनि डेब्यु गरे ।
नेपाल लगातार तेस्रो हार बेहोर्ने क्रममा बहराइन विरुद्ध ५-० ले पराजित भएको थियो । नेपालले अब अर्को खेलमा बहराइन विरुद्ध नै मार्च २७ मा खेल्नेछ । नेपाल रहेको समूहमा युएई ९ अंक सहित शीर्ष स्थानमा छ भने बहराइन ६ अंक सहित दोस्रो र यमन ३ अंक सहित तेस्रो छ । अंकविहिन नेपाल पुछारमा छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]