11 months ago
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो ।
खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गर्न सफल भयो । नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको थियो भने कप्तान तथा गोलरक्षक किरण चेम्जोङले केही बचाउहरु गर्न सफल रहे ।
नेपालमा लागि सुरुवात नै राम्रो रहेन । खेलको दोस्रो मिनेटमा नै बहराइनले खेलमा अग्रता लिएको थियो । आफ्नै हाफबाट खेलेको पासमा मोहम्मद मरहुनको हेडर पासमा गोल गर्दै माहदी अल हुमाइदानले घरेलु टोलीलाई अग्रता दिलाए । उनले बनाएको रनलाई नेपाली डिफेन्डर तथा गोल लाइन भन्दा अगाडि आएका किरण चेम्जोङले रोक्न सकेनन् ।
आठौ मिनेटमा माहदी अब्दुलजब्बरको प्रहार किरणले विफल बनाए । तर त्यसपछिको कर्नर किकमा बहराइनले अग्रता दोब्बर बनायो । कर्नरमा फारपोस्टमा रहेका डिफेन्डर सायद बाकेरले गोल गर्दै अग्रता दुई गोलको बनाएका थिए ।
२१औं मिनेटमा अल हुमाईदानको भली प्रहार किरणले सहजै बचाए । २४औं मिनेटमा उनकै क्रसमा अब्दुलजब्बरले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे ।
३०औं मिनेटमा छिरिङ लामाले मैदानको मध्यभागमा बल नियन्त्रणमा लिन नसकेपछि बनेको अवसरमा अलि मादनलाई किरणले रोके ।
हाफको अन्त्यतिर बहराइनले तेस्रो गोल गर्यो । मरहुनको फ्रिकिक पोस्टमा लागेर फर्किएपछि मादनको हेडरमा किरणले उत्कृष्ट बचाउ गरे । तर खतरा नटरेको अवस्थामा अब्दुलजब्बरले गोल गर्दै अग्रता तीन गोलको बनाए ।
दोस्रो हाफमा बहराइनले खेलमा दुई गोल थप्यो । ८७औं मिनेटमा इब्राहीम अल खतालले हेडर मार्फत चौथो गोल गरे । यस्तै इन्ज्युरी समयमा इस्माइल हसनले पेनाल्टी मार्फत गोल गरे । लाकेन लिम्बूले बक्स भित्र अल खताललाई लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।
खेलमा डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सन्जित) ले नेपालका लागि डेब्यु गरे । अभिषेकले सुरुवाती रोजाइमा रहेर तथा सौभाग्यले दोस्रो हाफको सुरुवातमा मैदान प्रवेश गरेर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका हुन् ।
समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अंकविहीन छ । बहराइन ३ खेलमा ६ अंक सहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जित सहित यमन तेस्रो छ ।
नेपालले अब अर्को खेलमा बहराइन विरुद्ध नै मार्च २७ का दिन खेल्नेछ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]
February 22, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् । २-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे । १९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती […]