11 months ago
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा जारी खेलमा नेपाल घरेलु टोली विरुद्ध मध्यान्तरसम्म तीन गोलले पछि परेको छ । बहराइन राष्ट्रिय रंगशालामा जारी खेलमा घरेलु टोलीले पहिलो हाफमा ३-० को अग्रता लिएको हो ।
खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गरेको छ । नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको छ भने कप्तान तथा गोलरक्षक किरण चेम्जोङले केही बचाउहरु गर्न सफल भएका छन् ।
नेपालमा लागि सुरुवात नै राम्रो रहेन । खेलको दोस्रो मिनेटमा नै बहराइनले खेलमा अग्रता लिएको थियो । आफ्नै हाफबाट खेलेको पासमा मोहम्मद मरहुनको हेडर पासमा गोल गर्दै माहदी अल हुमाइदानले घरेलु टोलीलाई अग्रता दिलाए । उनले बनाएको रनलाई नेपाली डिफेन्डर तथा गोल लाइन भन्दा अगाडि आएका किरण चेम्जोङले रोक्न सकेनन् ।
आठौ मिनेटमा माहदी अब्दुलजब्बरको प्रहार किरणले विफल बनाए । तर त्यसपछिको कर्नर किकमा बहराइनले अग्रता दोब्बर बनायो । कर्नरमा फारपोस्टमा रहेका डिफेन्डर सायद बाकेरले गोल गर्दै अग्रता दुई गोलको बनाएका थिए ।
२१औं मिनेटमा अल हुमाईदानको भली प्रहार किरणले सहजै बचाए । २४औं मिनेटमा उनकै क्रसमा अब्दुलजब्बरले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे ।
३०औं मिनेटमा छिरिङ लामाले मैदानको मध्यभागमा बल नियन्त्रणमा लिन नसकेपछि बनेको अवसरमा अलि मादनलाई किरणले रोके ।
हाफ लको अन्त्यतिर बहराइनले तेस्रो गोल गर्यो । मरहुनको फ्रिकिक पोस्टमा लागेर फर्किएपछि मादनको हेडरमा किरणले उत्कृष्ट बचाउ गरे । तर खतरा नटरेको अवस्थामा अब्दुलजब्बरले गोल गर्दै अग्रता तीन गोलको बनाए ।
समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।
बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]
February 22, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् । २-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे । १९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती […]