11 months ago
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।
दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा मलेसिया विरुद्धको अनौपचारिक मैत्रीपूर्ण खेलका सुरुवाती ११ ले नै निरन्तरता पाएको छ ।
नेपालको कप्तानी तथा गोल्पोस्टको जिम्मेवारी नियमित गोलरक्षक किरण चेम्जोङले नै लिने छन् । यस्तै रक्षापंक्तिमा सनिश श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, अभिषेक लिम्बू र सुमित श्रेष्ठ रहनेछन् । अभिषेकको यो राष्ट्रिय टोलीको लागि डेब्यु समेत रहेको छ ।
मिडफिल्डमा उत्सव राई र लाकेन लिम्बू रहनेछन् भने नेपालको अट्याक सम्हाल्ने जिम्मेवारी हिसुव थपलिया, मनिष डाँगी र अन्जन विष्ट माथि रहेको छ ।
समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।
बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]