default_image

8 years ago

January 31, 2017

चेल्सी र लिभरपुल भिड्दै

77 views

0 Bookmark

एजेन्सी – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने खेलमा शिर्षस्थानमा रहेको चेल्सी र विगत केहि खेलमा कमजोर प्रदर्शन गरिरहेको लिभरपुल आमने सामने हुँदैछन।

conte-and-klopp

प्रिमिएर लिगको पछिल्लो तिन खेलमा जित हात पार्न असफल रहेको लिभरपुल गत सातामात्र लिग कप र एफए कप बाट बाहिरिएको थियो। लिभरपुलको कमजोर प्रदर्शनलाइ साडियो मानेको अनुपस्थितिसंग पनि जोडेर हेरिएको छ। अफ्रिकन कपमा सहभागी हुन गाबोन पुगेका माने लिभरपुल फर्किसकेका छन्। जारी सिजनमा ९ गोल गरेर लिभरपुलका उच्च गोलकर्ता रहेका मानेको आगमनले लिभरपुललाई फाइदा हुनेछ।

स्पर्ससंगको हार पछि लगातार दुइ खेल जितेको चेल्सी लिभरपुललाई हराएर शिर्षस्थानमा आफ्नो पकड झन् बलियो बनाउने धुनमा हुनेछ। चेल्सीका लागि सबै खेलाडी फिट छन् र प्रशिक्षक कोन्टेले आफ्नो पहिलो रोजाइको खेलाडी खेलाउने पक्का छ।

यी दुइ टोलीको पछिल्लो भेटमा लिभरपुल २-१ले विजयी भएको थियो। चेल्सीको घरेलु मैदानमा भएको खेलमा डेजान लभ्रण र जोर्डन हेन्डर्सनको पहिलो हाफको गोलले लिभरपुलले जितेको थियो। चेल्सीका लागि डिएगो कोष्टाले गोल गरेका थिए।

खेल नेपाली समयानुसार बुधबार बिहान १:४५ बजे सुरु हुनेछ।

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान दुई तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.