11 months ago
March 19, 2024
सुशिल पन्त क्षेत्री, चितवन
रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा मंगलबार घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो ।
खेलको निर्धारित समयमा २८ बिगाले दुई पटक लिएको अग्रता जोगाउन सकेन । उसका लागि दुबै गोल विश्व लामाले गरे । खेलको १४ औं मिनेटमा विश्वको गोलमा २८ बिगाले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा सन्जय श्रेष्ठले घैरुङका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको अतिरिक्त समयमा पुनः विश्वले गोल गर्दै २८ विघालाई अग्रता दिलाए । ६३ औं मिनेटमा सन्जयको गोलमा घैरुङ खेलमा फर्कियो । बाँँकी समयमा गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि २–२ को बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । टाइब्रेकरमा दुई प्रहार बचाएका २८ बिगाका गोलकिपर विरेन्द्र सारु मगर म्यान अद दि म्याच भए ।
दोस्रो सेमिफाइनलमा बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोट एफसी भिड्नेछन् । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]