default_image

11 months ago

March 19, 2024

दशरथ रंगशालाको संरक्षण अब राखेपले नै गर्ने

787 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को भूमिका सन्तोषजनक नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला संरक्षणको आफैले गर्ने भएको छ ।

राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि राखेपले एन्फालाई मैदानको जिम्मेवारी दिदै आएको थियो । एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएपनि मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप आफैले संरक्षण गर्ने जनाएको छ ।

संरक्षण गर्ने प्रारम्भिक काम मंगलबारबाटै सुरु भएको राखेपले जनाएको छ ।राखेप जिम्मेवारी दिएपनि एन्फा आफैले विभिन्न कार्यक्रम सन्चालनका लागि स्वीकृतिका लागि राखेपलाई पत्रचार गएको पाइएको थियो ।

नेपाल र बहराइनबीच फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोटको खेल चैत ८ का लागि खेल्न योग्न नभएको भन्दै एएफसीले खेल गराउन स्वीकृति नदिएपछि अहिले दुवै खेल बहराइनमा हुँदैछ । मैदान मर्मत गर्नका राखेपले पर्याप्त समय नदिएको एन्फाले आरोप लगाएको थियो ।

राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धन राखेपले नै गर्ने राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा उल्लेख रहेका स्मरण गराउँदै राखेपले खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको जनाएको छ ।

February 19, 2025

बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ अन्तिम १६ मा‌ पुगेको‌ छ। स्कटल्याण्डको‌ सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को‌ बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को‌ बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]

February 18, 2025

समिर पोखरा थन्डर्सको मार्की खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]

February 18, 2025

केपी ओली कप – ब्ल्याक बुल्स र एपिएफबिच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]

Success

Thank you for your time.