11 months ago
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वीकृति विना नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीसँग प्रत्यक्ष सरोकार नरहेका ८ पदाधिकारी बहराइन पठाएको छ ।
मलेसियामा मैत्रीपूर्ण खेलपछि फुटबल टोली सिधै बहराइन पुगिसकेको छ । टोलीसहित अन्य गरि ४१ सदस्य टोलीको सहभागिताका लागि स्वीकृति दिनका लागि एन्फाले राखेपमा बिहीबार पत्राचार गरेको थियो ।
बहराइन पुगेको फुटबल टोलीसहित डां राजु डंगोल र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्र राखेपले सहभागिताको लागि स्वीकृति दिएको छ । त्यसका वावजुद पनि अन्य ८ पदाधिकारी एन्फा केन्द्रीय सदस्य टिकाराम लामा हेड अफ डेलिगेट्स तथा मणिराज विष्ट, रामचन्द्र तामाङ लामा, रन्जन कार्की, राजकाजी श्रेष्ठ, महेशचन्द्र महत, भरतबहादुर खत्री, शेरबहादुर बस्नेत, डोलुशकुमार केसी अफिसियल बहराइन गएका छन् ।
बहराइनमा नेपाल र घरेलु टोलीबीच चैत ८ र १३ गते हुने फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको खेल हुँदैछ ।
एन्फाले अनुरोध गरेको मध्ये टिम डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई सहभागिताका लागि स्वीकृति दिइएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जनाएका छन् ।
टोलीका १० जना भने प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएले राखेपले एन्फालाई ध्यानाकर्षण गराइसकेको राखेपले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा परिणाममुखी आवश्यक तयारी गरी सशक्त राष्ट्रिय टिम बनाउन जोड दिनु पर्नेमा आवश्यकता नै नदेखिएको क्षेत्रमा थप आर्थिक व्ययभार हुने अवस्था कुनैपनि कोणबाट सहि नभएकोले राखेपले १० जनाको स्वीकृति नदिएको राखेपले स्पष्ट पारेको छ ।
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]
February 18, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ । रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो। जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक […]