default_image

11 months ago

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

1443 views

0 Bookmark

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो । 

दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा फर्मिन लोपेजले अर्को गोल थपेपछि टोलीको‌ जित सहज बन्यो । एट्लेटिको मिलोनाले इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्डको सामना गरेका थिए।

जितपछि जिरोना (६२ अंक) लाई पछि पार्दै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लेको‌ छ । २९ खेलबाट बार्सिलोना ६४ अंक पुगेको छ । शीर्ष स्थानको रियल मड्रिडको ७२ अंक छ । घरेलु मैदानमा सिजनको पहिलो हार बेहोरेको एट्लेटिको ५५ अंकका साथ लिगको पाँचौं स्थानमा छ ।

बार्सिलोनाका प्रशिक्षक जाभीले रातो कार्ड पाएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ।

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.