11 months ago
March 18, 2024
एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो ।
निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय युनाइटेडले बाजी मार्यो ।
खेलको १०औं मिनेटमा स्कट मकटोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्य तिर नै युनाइटेडले दुई गोल खान पुग्यो ।
४४औं मिनेटमा डार्विन नुनेजको क्रसमा एलेक्सिस मक्यालिसटारले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाए ।
त्यसपछि युनाइटेडका लागि खेलको ८७औं मिनेटमा एन्टोनीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेले ।
१०५औं मिनेटमा हार्भि एलियटले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर पोस्ट भित्र गएपछि लिभरपुल खेलमा पुनः अगाडि पुगेको थियो । तर ११२औं मिनेटमा युनाइटेडले पुनः बराबरी गर्यो । मकटोमिनेको पासमा मार्कस र्यासफर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पेनाल्टी शूटआउट तर्फ गइरहेको खेलमा युनाइटेडले अन्तिम मिनेटमा गोल गर्दै जित निकाल्यो । अतिरिक्त समयको पनि इन्ज्युरी समयमा काउन्टर अट्याकमा अलेहान्द्रो गार्नाचोको पास सदुपयोग गर्दै अमाद डियालोले गोल गर्दै जित दिलाए ।
युनाइटेडको जित संगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । सेमीफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र काेभेन्ट्री सिटी छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतवार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले यसै महिनाको सुरुमा पोखरामा भएको २४औं आहा रारा पोखरा गोल्डकपको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]