11 months ago
March 17, 2024
एजेन्सी – लेस्टर सिटी विरुद्ध जित निकाल्दै चेल्सी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । आईतबार साँझ भएको खेलमा चेल्सीले दश जनामा सिमित लेस्टर विरुद्ध ४-२ को जित निकालेको हो ।
खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । निकोलस ज्याक्सनको पासमा मार्क कुकुरेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।
२६औं मिनेटमा चेल्सीले पेनाल्टी मार्फत अग्रता दोब्बर गर्ने मौका पायो । फकुवुले स्टर्लिङ माथि फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । तर स्टर्लिङले नै लिएको सो पेनाल्टी लेस्टर गोलरक्षक याकूब स्टोलारजिकले बचाए ।
पहिलो हाफको अन्त्यतिर भने स्टर्लिङले असिस्ट गरे । उनको पासमा कोल पालमरले चेल्सीको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा भने लेस्टर खेलमा फर्कियो । ५१औं मिनेटमा एलेक्स डिसासीको आत्मघाती गोल र ६२औं मिनेटमा स्टेफी मभिडिडीको गोलमा लेस्टरले खेलमा दुई गोल पछाडी रहेको अवस्थाबाट बराबरी गर्न सफल भयो ।
तर खेलको ७३औं मिनेटमा लेस्टरका क्यालम डोएल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेस्टर १० जनामा सिमित भयो । त्यसको फाइदा उठाउँदै चेल्सीको खेलको अन्त्यतिर दुई गोल गर्दै जित हासिल गर्यो ।
इञ्ज्युरी समयको दोस्रो मिनेटमा पालमरको पासमा कार्नी चुक्वुमेकाले गोल गर्दै चेल्सीलाई खेलमा अघि सारे । त्यसको छ मिनेट पछि नोडी मडुएकेले उत्कृष्ट गोल गर्दै चेल्सीको अन्तिम चारमा स्थान सुरक्षित गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]