11 months ago
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ ।
घरेलु मैदानमा ग्वेंगाम्प पेरिस फुटबल क्लबसँग ४-० ले पराजित भयो । साम्बाले पहिलो पटक सुरुवात गर्दै पूरा ९० मिनेट मैदानमा बिताएकी थिइन् । पहिलो हाफमा ग्वेंगाम्पले साम्बाकै आक्रमणमा विवादास्पद पेनाल्टी पाएपनि अग्रता लिन सकेन ।
आइसाता ट्राओरेले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसक्दा पेरिसले खेलमा पकड जमाउने अवसर पायो । २८ औं मिनेटमा दाफ्न कोर्बोजले पाहुना टोलीलाई अग्रता दिलाइन् । ३१ औं मिनेटमा गेताने थीनेले पेनाल्टीमा गोल गर्दै ३३ औं मिनेटमा ३-० को अग्रता दिलाइन् । दोस्रो हाफमा केस बसीले ४-० को जित पक्का गरिन् ।
यस जितले १६ खेलमा पेरिसको ३७ अंक छ । ग्वेंगाम्पको १७ खेलमा १५ अंक छ । रेलिगेसन क्षेत्रमा रहेको लिल र बोर्डोको समान खेलमा ८ र ७ अंक छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]