12 months ago
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शाह आलममा भएको नेपाल र मलेसिया बीचको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीमा विरुद्ध पराजित भएको छ । यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल ५-१ ले पराजित भएको हो ।
अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो । पहिलो ३५ मिनेटमा दुई गोल खाएको नेपालले पछिल्लो १०५ मिनेटमा ३ गोल मात्र खान पुग्यो । नेपालका लागि समीर तामाङले खेलको एकमात्र गोल गर्न सफल भए ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले सुरुवातमा भने रक्षात्मक टोली उतारेका थिए ।
नेपाली टोली अब फिफा विश्वकप छनोट खेलमा लागि बहराइन प्रस्थान गर्नेछ । घरेलु मैदानमा एक खेल हुनुपर्ने भएतापनि दशरथ रंगशाला अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुँदैछ । नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेलिने छ । दुवै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।
नेपाली फुटबल टोली:
गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]