12 months ago
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शाह आलममा जारी नेपाल र मलेसिया बीचको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल दुई गोलले पछि परेको छ । यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा नेपाल २-० ले पछि रहेको छ ।
पहिलो ३० मिनेट गोलरहित बराबरी खेलेको नेपालले ३५ मिनेट सम्म पुग्दा दुई गोल खान पुगेको थियो ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले रक्षात्मक टोली उतारेका छन् । गोलरक्षक किरण चेम्जोङ सहित रक्षा पंक्तिमा सनिश श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, अभिषेक लिम्बू र सुमित श्रेष्ठ रहेका छन् ।
मिडफिल्डमा लाकेन लिम्बू र उत्सव राई छन् भने फरवार्ड लाइन अन्जन विष्ट, मनिष डाँगी र हिसुब थपलियाले सम्हालिरहेका छन् ।
बहराइन विरुद्ध बहराइनमै हुने फिफा विश्वकप छनोट खेलको तयारीका लागि नेपाली पुरुष फुटबल टोलीले आज मलेसियाको सामना गरिरहेको हो । खेलको कुनै प्रतक्ष्य प्रसारण नरहेको एन्फाले पहिले नै जनाएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]