12 months ago
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आफ्ना पदाधिकारी र अन्यलाई विना जिम्मेवारी वैदेशिक यात्रामा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को मनलाग्दी निर्णयलाई रोक्ने जिम्मेवारी अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्व समक्ष पुगेको छ ।
फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोटका लागि बहराइन पठाउन स्वीकृतिका लागि एन्फाले बिहीबार राष्ट्रिय फुटबल टोलीसहित ४१ जनाको सुची राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुझाएको राखेप श्रोतले जनाएको छ । मलेसिया पुगेको टोलीमा १० अफिसियल थप्दै नयॅा सूची राखेप पुगेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कानुन बमोजिम राखेपको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरेको जनाएको थियो ।
मन्त्रालयको विज्ञप्ती सार्वजनिक हुनुअघि नै बुधबार राष्ट्रिय फुटबल टोली मलेसिया जाँदा एन्फालाई अनावश्यक व्यवभार पार्ने गरि थप १० जनालाई पठाएपछि त्यसमा खेलकुद मन्त्रालयले चासो व्यक्त गरेको थियो ।
त्यसपछि एन्फाले बहराइनका लागि पठाउने टोलीको स्वीकृतिका लागि राखेपमा पत्राचार गरेको छ । अब त्यसमा को कति जान आवश्यक भन्ने छानविन गर्ने र स्वीकृति प्रदान गर्ने जिम्मेवारी राखेप समक्ष पुगेको छ ।
बहराइनविरुद्ध चैत ८ र १३ गते हुने खेलका लागि जानेको सुचीमा २३ खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, प्राविधिक प्रशिक्षक, फिजियो, डाक्टर, व्यवस्थापक, मिडिया अफिसर गरि ३२ जना छन् ।
त्यसबाहेक एन्फा केन्द्रीय सदस्य टिकाराम लामा हेड अफ डेलिगेट्स तथा मणिराज विष्ट, रामचन्द्र तामाङ लामा, रन्जन कार्की, राजकाजी श्रेष्ठ, महेशचन्द्र महत, भरतबहादुर खत्री, शेरबहादुर बस्नेत र डोलुशकुमार केसी अफिसियलमा छन् ।
मलेसिया जाने फुटबल टोलीमा खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोबाहेक एन्फा उपाध्यक्ष दिपक खतिवडा, सिइओ इन्द्रमान तुलाधर, सदस्य महेन्द्र क्षेत्रीसहित , जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिरे, ललितपुरका सचिव प्रविण श्रेष्ठ, कास्कीका सुविन कुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवापनुरका सुनिल लोप्चन र एन्फा कर्मचारी ज्ञानु राई छन् ।
कर्मचारी राईको हकमा भने एन्फाले पछिल्लो समय किट म्यानेजरको भूमिकामा एन्फामा कार्यरत कर्मचारीलाई लग्दै आएको हो । तर किट म्यानेजरमा विकास गुरुङ रहँदै आएकोमा यसपटक राई गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]