12 months ago
March 14, 2024
एजेन्सी – इटालियन टोली इन्टर मिलानलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै एट्लेटिको म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । इन्टरलाई टाइब्रेकरमा ३-१ पराजित गर्दै एट्लेटिको म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो लेग २-१ र समग्रमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि कुनै गोलनभएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।
पहिलो लेग १-० ले जितेको इन्टरका लागि ३३औं मिनेटमा फेडेरिको डीमार्कोले गोल गर्दै समग्रमा २-० को अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेट पछि एन्टोवान ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गर्दै समग्रमा इन्टरको अग्रता घटाएका थिए ।८७औं मिनेटमा मेम्फिस डीपाएले गोल गर्दै समग्रमा २-२ को बराबरी गर्दै खेल अतिरिक्त समयमा पुर्याएका थिए ।
शूटआउटमा एट्लेटिकोका डीपाए, रोड्रिगो रिकेल्मे र एन्जल कोर्रियाले गोल गरे भने साउल निगेजले गोल गर्न सकेनन् ।
इन्टरका हाकान चालानोग्लु र फ्रान्सेस्को एचर्विले गोल गरे । एलेक्सिस सान्चेज र डेभी क्लासनको पेनाल्टी गोलरक्षक ज्यान ओबलाकले बचाए । लौटारो मार्टिनेजले भने पोस्ट भन्दा माथि प्रहार गरेपछि एट्लेटिको विजयी भयो ।
च्याम्पियन्स लिगको अन्तिम आठ समीकरण समेत पुरा भएको छ । क्वाटरफाइनल ड्र भोलि दिउँसो ४:४५ बजे हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]