default_image

12 months ago

March 14, 2024

बंगलादेश ट्रान्जिट हुँदै मलेसिया पुग्यो फुटबल टोली

1485 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्नका लागि मलेसिया पुगेको छ ।

शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली विहिबार विहान मात्र मलेसिया पुगेको हो । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो ।

नेपालबाट विहान १२:४० मा बंगलादेश प्रस्थान गरेको टोली स्थानीय समय दिउँसो २:४० मा ढका पुगेको थियो । त्यहाँ ४ घण्टा ट्रान्जिट बसेपछि मलेसिया प्रस्थान गरेको टोली विहीबार विहान १:३० बजे मात्र क्वालालम्पुर विमानस्थल पुग्यो । त्यसपछि होटेल पुग्दा विहान ३ बजेको थियो ।

शुक्रबार हुने खेलका लागि अब थकित टोलीले आज प्रशिक्षण गर्नेछ । प्रशिक्षक अनेसेले मलेसियाविरुद्ध खेलबाट बहराइनका लागि आफ्नो योजना थप प्रष्ट हुने बताएका थिए । तर थकित अवस्थामा राम्रो प्रशिक्षण गर्न नपाइ मलेसियाविरुद्ध खेल्ने अवस्था सिर्जना भएको छ ।

सामान्य रुपमा नेपालबाट मलेसिया सबैभन्दा बढी उडान विकल्प भएको क्षेत्रमा पर्छ । सिधा उडान झन्डै साढे ४ घण्टामा हुने यस क्षेत्रमा ४ फरक विमान कम्पनिले दैनिक उडान भरिरहेका छन् । तर एन्फाले झन्डै एक महिनाअघि देखि मैत्रीपूर्ण खेलको तालिका भएपनि टिकट व्यवस्थापन गर्न सकेन ।

त्यसो त एन्फाका १० पदाधिकारी थपिएपछि एकसाथ टिकट नपाएको अनुमान रहेको छ । जसकारण टोलीले बंगलादेश ट्रान्जिट हुँदै खेलको एक दिन अघिसम्म पनि यात्रा गर्नुपर्ने बाध्यता रहयो ।

एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि मन्त्रालयबाट नै राखेपलाई छानविन गरेर कारवाहीका लागि पत्र काटिएको छ । त्यस्तै बहराइन जाने तयारीमा रहेका अन्य १० पदाधिकारी पनि अलमलमा परेका छन् ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.