12 months ago
March 14, 2024
एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम १६ को दोस्रो लेगमा बुधबार पिएसभी आइन्डओभनलाई २-० ले हराएपछि समग्रमा ३-१ ले अग्रतासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो । पहिलो लेग १-१ को बराबरी टुंगिएको थियो।
घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै सान्चोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। रिउसले इन्ज्युरी समयमा गोल गर्दै जित निश्चित गरे ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ। अन्तिम ८ पुग्नेमा ३ स्पेनिस टोली रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड, प्रिमियर लिगका म्यान्चेस्टर सिटी र अर्सनल, बुन्डेसलिगाका २ टोली बायर्न म्युनिख र डर्टमन्ड भने फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]