12 months ago
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) संघ सम्बन्धित भएपनि राष्ट्रिय फुटबल टोलीमा कुनै जिम्मेवारी नभएका १० जना टोलीसँग गएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले चासो राखेपछि एन्फामा खलबली मच्चिएको छ ।
एन्फा उपाध्यक्ष दीपक खतिवडा, सिइओ इन्द्रमान तुलाधरसहित जिल्ला र क्लबका पदाधिकारी विना खास जिम्मेवारी बुधबार टोलीसँगै मलेसिया गएपछि मन्त्रालयले ध्यानाकषर्ण भएको प्रेस विज्ञप्तीमार्फत जनाएको थियो ।
मन्त्रालयको प्रेस विज्ञप्ती आउनु अघि नै फुटबल टोलीसँगै १० जना मलेसिया गएका भन्दा पनि अब बहराइन जाने अन्य १० जनाको विषयमा के गर्ने भन्ने विषयमा एन्फा तथा पदाधिकारी अलमलमा परेको बुझिएको छ ।
मलेसियाबाट १० जना फर्केपछि बहराइनमा हुने फिफा विश्व कप र एएफसी एसियन कप छनोटका लागि एन्फाले अरु १० जना पठाउने तयारी गरिहेको छ । अब जाने तयारीमा रहेका १० जना मध्य कतिपयले मन्त्रालयको चासोपछि नजाने मनसाय व्यक्त गरेको पनि एन्फाका एक पदाधिकारीले बताए ।
मन्त्रालयको चासोपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अब के गर्ने भन्नेमा अलमलमा परेको ती पदाधिकारी बताउँछन् ।
नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने यसअघि नै पक्का भइसकेको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।
पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडियममा हुने एन्फाले जनाएको थियो ।
फुटबल टोलीमा खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोबाहेक एन्फा उपाध्यक्ष खतिवडा, सिइओ तुलाधर, सदस्य महेन्द्र क्षेत्रीसहित , जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिरे, ललितपुरका सचिव प्रविण श्रेष्ठ, कास्कीका सुविन कुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवापनुरका सुनिल लोप्चन र एन्फा कर्मचारी ज्ञानु राई छन् ।
कर्मचारी राईको हकमा भने एन्फाले पछिल्लो समय किट म्यानेजरको भूमिकामा एन्फामा कार्यरत कर्मचारीलाई लग्दै आएको हो । तर किट म्यानेजरमा विकास गुरुङ रहँदै आएकोमा यसपटक राई गरेका थिए । अन्य पदाधिकारी भने विना भूमिका मलेसिया गएका हुन् ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनुका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था भएपनि स्वीकृति नलिइएको पाइएको मन्त्रालयले विज्ञप्ती जनाएको छ । यसबाहेक मन्त्रालयले राखेपलाई एन्फामाथि कारवाही गर्न र गृह मन्त्रालयलाई आवश्यक स्वीकृति पछि मात्र प्रस्थान गर्न दिन आग्रह गरेको छ ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]