12 months ago
March 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) बाट मलेसिया र बहराइन भ्रमण जान लागेका १० पदाधिकारीको विषयमा युवा तथा खेलकुद मन्त्रालयले ध्यानाकर्षण व्यक्त गरेको छ ।
हाम्रो खेलकुदले मंगलबार एन्फाको बहराइन भ्रमणमा १० पदाधिकारी जान लागेको समाचार सम्प्रेषण गरेको थियो । यस विषयमा मन्त्रालयले एन्फाले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरेको पनि जनाएको छ ।
यसबाहेक युवा तथा खेलकुद मन्त्रालयले खेल संघका पदाधिकारीलाई वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयमा अनुरोध समेत गरेको जनाएको छ ।
मन्त्रालयले राखेको विज्ञप्ति:
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]