12 months ago
March 13, 2024
एजेन्सी – इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो।
मंगलबार आर्सनलले पोर्टोलाई १-० को जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो ।
पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि खेलमा थप समयमा गएको थियो। तर त्यसमा निर्णय नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जसमा आर्सनलले बाजी मारेको थियो।
पेनाल्टीमा आर्सनलका गोलकिपर डेभिड राया नायक बने । उनले २ वटा पेनाल्टी रोक्दै टोलीको अन्तिम ८ को यात्रा निश्चित गरेका थिए। सन् २००९/१० को सिजनयता पहिलो पटक आर्सनल क्वाटरफाइनलमा पुगेको हो ।
बार्सिलोना ४ वर्षपछि क्वाटरफाइनलमा
स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इटालियन टोली नापोलीलाई मंगलबार दोस्रो लेगमा ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो सुरुवात गर्यो ।
१५औं मिनेटमा राफिन्हाको क्रसमा फर्मिन लोपेजले बक्स भित्रबाट गोल गर्दै खेलमा बार्सिलोनाका लागि अग्रता दिलाएका थिए । त्यसको २ मिनेट लगत्तै राफिन्हाको प्रहार पोस्टमा लागेर फर्किएपछि जोआओ क्यान्सेलोले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर गराए ।
३०औं मिनेटमा नापोलीले गोल फर्कायो । मटेयो पोलिटानोको पासमा डिफेन्डर अमिर रहमानीले गोल गर्दै नापोलीका खेलमा फर्काएका हुन् । तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे ।
सन् २०२० मा बायर्न म्युनिखसँग ८-२ ले र २०२१ मा पिएसजीसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको बार्सिलोना २०२२ र २०२३ मा समूह चरणबाट युरोपा लिगमा घटुवा भएको थियो । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]