12 months ago
March 12, 2024
अर्जुन कार्की, बागलुङ
बागलुङ सुधार केन्द्र र श्री मेहर गण बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मंगलबारको पहिलो क्वाटरफाइनलमा बागलुङ सुधार केन्द्रले गुठी युनाईटेडलाई पेनाल्टी सुटमा ४–३ ले पराजित गर्यो । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
पेनाल्टी सुटआउटमा बागलुङ सुधार केन्द्रको लागि अनिल गुरुङ, अभिशेष राना, निशान थापा र मनिष गुरुङले गोल गरे । विदेशी खेलाडी मार्को भेराट्टीको प्रहार गुठीका गोलरक्षक रन्जन खत्रीले रोकेका थिए । गुठीको लागि सन्दिप केसी, अजित गुरुङ र सरोजले गोल गरे । अभिषेक केसी र विष्णु गुरुङको प्रहार बागलुङ सुधारका गोलरक्षक अशोक रेग्मीले जोगाएका थिए ।
अर्को क्वाटरफाइनलमा साविक विजेता नेपाल आर्मीको श्री मेहर गणले म्याग्दी जिल्ला फुटबल संघलाई २–१ ले हराउको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा म्याग्दी पराजित हुन पुग्यो । म्याग्दीको लागि खेलको तेस्रो मिनेटमा अनुपम श्रेष्ठले गोल गरेका थिए ।
श्रीमेहरका शंकर कार्कीले ३९ औं मिनेटमा बराबरी गोल गरेका थिए । इन्ज्युरी समयको चौथो मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहरलाई जित दिलाएका थिए ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बुधबार क्वाटरफाइनलका बाँकी दुई खेल हुनेछ । पहिलो खेल रुद्रेपिपल युवा क्लब र बुद्धचित्त तथा दोस्रो खेल आदर्श स्पोर्टस् क्लब र धवलागिरी बहुमुखी क्याम्पसबीच हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]