default_image

12 months ago

March 12, 2024

आयुष घलान किन राष्ट्रिय टोलीमा परेनन् ?

10377 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराइनको सामना गर्दैछ । मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर खेलको तयारी गर्न प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २३ सदस्यीय अन्तिम टोली घोषणा गरे ।

यसपटक टोलीमा स्टार विंगर आयुष घलान र दोस्रो रोजाइका गोलरक्षक दीप कार्की भने परेनन् । प्रारम्भिक छनोटको सुचिमा नाम रहेपनि आयुष र दिप दुवै बन्द प्रशिक्षणमा सहभागी नभएपछि बहराइन प्रस्थान नगर्ने भएका छन् । नियमित गोलरक्षक किरण चेम्जोङ मलेसियाविरुद्ध उपस्थित हुने नहुने प्रष्ट नभएको अवस्थामा दिप पनि नहुँदा अब अभिषेक बराल र विशाल सुनारमध्य एकले अवसर पाउने देखिन्छ ।

यता आयुष घलान नहुँदा आक्रमणमा दिनेश हेन्जन र मनिष डाँगीले दुई विंगमा खेल्ने बलियो सम्भावना छ । यसबाहेक प्रशिक्षक अनेसेले हिसुब थपलिया र भरत खवासको रुपमा पनि विकल्प पाएका छन् । सेन्टर फरवार्डमा अन्जन विष्टले खेल्न सक्छन् । अन्जनलाई विंगको विकल्पमा प्रयोग गरे जिलेस्पी जंग कार्की र समिर तामाङ मध्यभागमा खेल्न सक्छन् ।

प्रशिक्षक अनेसेले आयुष र दिपको अनुपस्थितिबारे व्यक्तिगत कारण रहेको बताए । ‘आयुष र दिप बन्द प्रशिक्षणमा सामेल भएनन् । दुवैले आ-आफ्नो व्यक्तिगत कारण बताएका थिए । मैले दुवैको निर्णयलाई सम्मान गर्नुपर्छ । यो कुरालाई यहि अन्त्य गर्न चाहन्छु,’ उनले भने ।

एरिक विष्टलाई भने भारतीय लिगमा खेलिरहेका कारण उनको क्लब करिअरलाई अघि बढाउन समय दिएको अनेसेले बताए । यसबाहेक उनले आयुष र मनिष डाँगीले क्लबमा अवसर नपाएको र राष्ट्रिय टोली प्रशिक्षणमा थप मिहिनेत गर्ने बताए ।

‘आयुषको कुरा गर्नुपर्दा उनले पछिल्लो समय खास खेल्ने समय पाएका छैनन् । सुरुवात नगरेर बेन्चमा रहेका छन् । मच्छिन्द्रको बेन्चमा छन् र १५-२० मिनेट मात्र समय बिताएका छन् । मनिषको पनि त्यस्तै स्थिति छ । तर यहाँ प्रशिक्षणमा त्यसलाई सन्तुलन गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

प्रशिक्षक अनेसेले यसबारे थप खुलेर बोल्न भने चाहेनन् । उनले टोलीमा रहेका नयाँ खेलाडीका लागि अवसर रहेको र मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलले थप प्रष्ट पार्ने अभिव्यक्ति दिए ।

अनेसेले घरेलु मैदानमा खेल्न नपाउँदा दुख पनि व्यक्त गरे । ‘सर्वप्रथम त म समर्थकहरुसँग माफी माग्न चाहन्छु । तर यो अवस्था मैले गर्दा सिर्जना भएको होइन, एन्फाका अधिकारीसँग यसको उत्तर होला । खेलाडीहरुका लागि यो कठिन होला, तर अब यसको सामना गर्नुको विकल्प छैन । र हामी सक्दो प्रयास गर्नेछौं,’ अनेसेले भने ।

टोलीका सबैभन्दा अनुभवी डिफेन्डर रोहित चन्द नहुँदा टोलीमा असर पर्ने पनि उनले बताए । ‘सबैभन्दा पहिला रोहित र रोहितको परिवारप्रति समवेदना प्रकट गर्छु । यो समय निकै कठिन छ । हामीलाई उनको अनुभव सबैभन्दा बढी खड्कने देख्छु । उनले टोलीमा डिफेन्डर मात्र नभएर नेतृत्व प्रदान गर्थे, त्यो मिस हुनेछ,’ इटालियन प्रशिक्षकले थपे ।

सुरुवाती २ खेलमा हार बेहोरेको नेपाल आगामी दुई खेलमा बहराइनसँग पराजित भए अंक तालिकाको पुछारमा नै अड्कनेछ । नेपालका लागि वातावरणको हिसाबले पनि कठिन मानिने मध्य पूर्वमा नेपालले लगातार दुई खेल खेल्न पक्कै सहज हुने छैन । त्यसमाथि अहिलेको टोलीलाई कागजी रुपमा हेर्दा हालसम्मकै कमजोर मान्न सकिन्छ ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

यो पनि :

राष्ट्रिय टोलीका दुवै गोलरक्षक प्रशिक्षक टिमसँग जाने!

फुटबल टोलीसँग एन्फाका थप १० जना मलेसिया जाँदै!

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.