default_image

12 months ago

March 12, 2024

६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा

8576 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जानुअघि मात्र राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । फुटबल टोली बुधबार मलेसिया जाँदैछ ।

आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको छ । यसरी पहिलो पटक टोलीमा समेटिएकामा अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ छन् । भरत खवासले टोलीमा पुनरामगन गरेका छन् । प्रारम्भिक टोली मै नभएका भरत, सौभाग्य र अभिषेकलाई २३ सदस्यीय समेटिएको हो ।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको छ । पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ ।

यसै महिना एसियाली फुटबल महासंघका प्रतिनिधीले दशरथ रंगशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्ने भएको छ । एन्फाले मंगलबार टोलीको विदाई राखेको छ ।

दुई गोलरक्षक प्रशिक्षक

नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ छनोटको दोस्रो अन्तर्गत बहराइनसँग हुने खेलका लागि दुवै गोलरक्षक प्रशिक्षक टिमसँग जाने भएका छन् ।

विश्वकप छनोट अन्तर्गत बहराइनमा हुने खेलका लागि मलेसिया तयारी गर्न प्रस्थान गर्ने टोलीमा विनोद डंगोल र मनिष तिम्सिना दुवै गोलरक्षक प्रशिक्षक समावेश भएका छन् । डंगोल अनेसेको आगमनयता निरन्तर टोलीमा छन् भने तिम्सिना गत महिना चीनको प्रान्तीय टोलीसँग यू२३ टोलीमा गोलरक्षक प्रशिक्षक थिए । अनेसेले दुवैलाई टोलीमा राखेका छन् ।

यसबाहेक टोलीमा प्रवेश कटुवाल सहायक प्रशिक्षकको भूमिकामा नियमित छन् । टोलीको फिजियोमा लोकेन्द्र कुँवर काम गर्दै आएका छन् । नियमित फिजियो आविष्कार पुडासैनी उच्च शिक्षाका लागि अमेरिका प्रस्थान गरेपछि कुँवरले अवसर पाएका हुन् ।

यसबाहेक एन्फाबाट विश्वकप छनोटका खेलअघि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीसँगै पदाधिकारी र कर्मचारी गरि १० जना थप जान लागेको बताइएको छ । कन्ट्रोल फन्डिङमा चल्न बाध्य एन्फा पदाधिकारी र अन्यलाई विदेश सेयर गराउन भने उदार रहँदै आएको छ ।

फुटबल टोलीमा खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोबाहेक एन्फा उपाध्यक्ष दीपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिर, ललितपुरका सचिव प्रविण श्रेष्ठ, कास्कीका सुविन कुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवापनुरका सुनिल लोप्चन र एन्फा कर्मचारी ज्ञानु राई छन् ।

कर्मचारी राईको हकमा भने एन्फाले पछिल्लो समय किट म्यानेजरको भूमिकामा एन्फामा कार्यरत कर्मचारीलाई लग्दै आएको हो । अन्य पदाधिकारी भने विना भूमिका त्यसतर्फ जाँदै छन् ।

बहराइनसँग फिफा विश्व कप र एएफसी एयियन कप छनोटको दुई खेलका लागि नेपाली टोलीले मलेसियामा तयारी गर्ने भएको छ । त्यसका लागि आज त्यसतर्फ जाने टोलीमा पदाधिकारी र अन्य गरि थप १० जना जान लागेका बताइएको छ । 

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.