default_image

11 months ago

March 12, 2024

चेल्सीको रोमाञ्चक जित

823 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए ।

खेलको छैटौं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले कोल पाल्मेरको पासमा गोल गर्न सफल भए । ४३औं मिनेटमा इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ब्रुनो गुइमारेसको पासलाई सदुपयोग गरेका थिए ।

५७औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । उनले एन्जो फर्नान्डेसको पासमा गोल गर्न सफल भए । ७६औं मिनेटमा मिखाइलोले गोल गरेपछि चेल्सी ३–१ को अग्रतासहित सहज जिततर्फ अघि बढ्यो ।

तर, इन्ज्युरी समयो थप गरिएको पहिलो मिनेटमा मर्फीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यस जितले चेल्सी २७ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ । पराजित न्यूक्यासल २८ खेलबाट ४० अंक जोडेर १०औं स्थानमा छ ।

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक रुपमा पराजित गरेको छ । बुधवार बिहान सम्पन्न खेलमा रियलले सिटीमाथि ३-२ को जित हासिल गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान १ गोल गरे । […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

February 11, 2025

लखन कप फुटबल – सम्पूर्ण क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]

Success

Thank you for your time.