default_image

12 months ago

March 11, 2024

एपिएफ सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको क्वाटरफाइनलमा

278 views

0 Bookmark

सुशिल पन्त क्षेत्री ,चितवन
एपिएफ भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कैलाश युथ क्लबलाई २-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा एपिएफलाई जिताउज सुजन लामा र माइकल शाहीले गोल गरे । कैलाशका राहुल थापा मगरले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा नै एपिफले पेनाल्टी पाएको थियो । उक्त अवसरको सदुपयोग गर्दै सुजनले बललाई जाली चुमाए । तर एपिएफको त्यो अग्रता धेरै समय टिकेन । १५ औं मिनेटमा राहुलको गोलमा कैलाश खेलमा फर्कियो ।

पहिलो हाफको अतिरिक्त समयमा माइकलले गोल गर्दै एपिएफलाई २-१ को अग्रता दिलाए ।
एपिएफका माइकल म्यान अफ दि म्याच भए ।

एपिएफले चैत ३ गते क्वाटरफाइनलमा गैंडाकोट एफसीको सामना गर्नेछ । प्रतियोगितामा मंगलबार कुनै खेल छैन । यससँगै पहिलो चरणका खेलहरु सकिएका छन् ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा बिहीबार चौकीडाँडा पोलका हेटौंडा फुटबल एकेडेमी र २८ बिघा भिड्नेछन् ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख ३ हजार तथा दोस्रोले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.