12 months ago
March 11, 2024
अर्जुन कार्की ,बागलुङ
बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगितामा रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको खेलमा रुद्रेपिपलले मुलपानी फुटबल क्लबलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रुद्रेपिपलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।
एकतर्फी खेलको ४७ औं मिनेटमा अमृत कुँवरको गोलबाट रुद्रेपिपलले अग्रता लिएको थियो । अमृतले ६५ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
रुद्रेपिपलको लागि अर्जुन राना मगरले खेलको ६२ औं मिनेटमा गोल गरे भने सन्तोष थापाले ६६ औं र मनिष थापाले ८५ औं र ८६ औं मिनेटमा गोल गरेका थिए । रुद्रेपिपलले बुधबार बुद्धचित्तसँग खेल्ने छ ।
यस्तै सोमबार दोस्रो खेलमा आदर्श स्पोर्टस् क्लबले संकल्प पुर्नस्थापना केन्द्रलाई १–० को संघर्षपूर्ण जित निकालेको छ । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको आदर्शको जितमा नाइजेरियन खेलाडि फिलिप्स भिक्टर नायक बने ।
भिक्टरले दोस्रो हाफको ३२ औं मिनेटमा गरेको गोल नै जितको निर्णायक बन्यो । आदर्शले बुधबार धौलागिरी बहुमुखी क्याम्पस बागलुङसँग प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगितामा मंगलबार गुठी युनाईटेड र बागलुङ सुधार केन्द्र , साविक विजेता नेपाल आर्मीको श्री मेहर गण र म्याग्दी जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो टोलीले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]