12 months ago
March 11, 2024
लमजुङ (हाम्रो खेलकुद) – आयोजक शिव शंकर युवा क्लब राइनासले नवौं संस्करणको ग्रामीण पर्यटन कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
लमजुङको ग्रामीण पर्यटकीय गाउँ राइनासकोटमा सोमबार भएको फाइनलमा स्थानीय प्रतिद्धन्द्धी क्लब तमु एकता युवा क्लब कुँडुलेलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइदा आयोजक शिव शंकरले बाजी मारेको हो ।टाइब्रेकरमा शिव शंकरका युनिक तामाङ, सुरज गुरुङले गोल गन सफल भए ।
तमु एकताका राज कुमार कुँवरले मात्रै गोल गर्न सफल रहँदा मनिष क्षेत्री र सरोज तितुङले गोल गर्न सकेनन् । यि दुवैको पेनाल्टीलाई शिव शंकरका गोलरक्षकले विफल पार्दै टोलीलाई च्याम्पियन बनाए ।
त्यसअघि राइनास नगरपालिका वडा नम्वर ९ स्थित राइनासकोटमा रहेको खेल मैदानमा खेलको १०औं मिनेटमा सुरज गुरुङकै गोलबाट शिव शंकरले अग्रता लिन सफल भएको थियो ।
तर, शिव शंकरले त्यो अग्रतालाई खेलको अन्तिम समयसम्म जोगाउन सकेनन् । ४७औं मिनेटमा राज कुमार कुँवरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्विन पुगेको थियो ।
उपाधिसँगै शिव शंकरले १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको तमु एकताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।
राइनास नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा विभिन्न २६ टोलीले नक आउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । शिव शंकर युवा क्लबले महाशिवरात्री पर्वको अवसरमा हरेक वर्ष राइनासकोट खेल मैदानमा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
सेभेन ए साइडको उक्त फुटबल प्रतियोगिता २२ फागुनबाट शुरु भएको थियो । गत वर्ष सप्तकन्या युवा क्लव बगुवाले उपाधि जितेको थियो ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]